Health TV Online

यस्ता छन् ग्रीन टी पिउनुका फाइदाहरु

यस्ता छन् ग्रीन टी पिउनुका फाइदाहरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिया भन्ना साथ पिउँदिन भन्ने नेपालीहरु विरलै होलान्, अझ त्यो पनि दुधको चिया । प्राय नेपालीहरुको बिहान उठ्नासाथ दुधको चिया पिउने बानी हुन्छ। वास्तवमा भन्ने हो भने यसो गर्नु लाभदायी मानिदैँन। दुध चिया पिउनाले शरीरमा एसिडिटिको मात्रा बढ्न जान्छ। साथै अन्य समस्याहरु पनि सृजना गराउँदछ। दुध चिया पिउनुको सट्टा ग्रीन टी पिउने बानी बसाल्दा उचित मानिन्छ।

ग्रीन टी उत्कृष्ट पेय पदार्थ मध्ये एक हो। यो सर्वप्रथम चीनबाट पिउन सुरु गरिएको हो। यो चीन र जापानमा अत्याधिक बढी मात्रामा सेवन गर्ने गरेको पाइन्छ। यसमा पाइने विभिन्न तत्वहरु मध्ये पोलिफेनोल नामक एन्टीअक्सिडेन्ट, क्याफिन, थियनाईन, एमिनो एसिड, मिनरल्स आदि पर्दछ। के के छन् त यसका फाईदाहरुस्

यसमा पाइने पोलिफेनोल नामक एन्टीअक्सिडेन्टले शरीरमा रोग लाग्न नदिन मद्धत पुर्याउँदछ।
यसले कोलस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ।
यसले उच्च रक्तचाप पनि नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ।
यसले पाचन प्रक्रियामा समेत मद्धत गर्दछ।।
यसले मुटु सम्बन्धी रोगमा हुने जोखिमलाई समेत कम गर्दछ।
यसले शरीरमा मेटाबोलिक रेटलाई बुस्ट गर्दछा
यसमा पाइने थियनाइन नामक तत्वले तनाव कम गर्न मद्धत गर्दछ।
यसले मुख र दाँत सम्बन्धी समस्यालाई पनि न्यून गर्दछ।

ग्रीन टी पिउँदा ध्यानमा राख्नु पर्ने कुराहरु स्
यो बिहान खाली पेटमा नभएर केही खाजा वा अन्य केही खाने कुरा खाएर सेवन गरेको राम्रो हुन्छ।
कम रक्तचाप भएका मानिसहरुले पनि यसको सेवन थोरै मात्रामा गर्दा राम्रो।
रातीको खाना खाएपछि यो सेवन नगर्दा उचित मानिन्छ। यसमा पाइने क्याफिनले निद्रा कम लाग्न सक्छ।
गर्भवती महिलाले पनि यसको सेवन नगर्दा नै उचित हुन्छ।
पेट सम्बन्धी समस्या हुनेहरुले पनि यसको सेवन गर्नु हुदैँन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर