Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जाडोमा यसकारण बढ्छ दम, जोगिन अपनाउनुस् यी उपाय

जाडोमा यसकारण बढ्छ दम, जोगिन अपनाउनुस् यी उपाय

हेल्थ टिभी अनलाइन : दम खासगरी फोक्सोको रोगका कारणले हुन्छ। यसको साथसाथै मुटु, मिर्गौला र कलेजोलगायत रोगको कारणले पनि दम हुन सक्छ। दमलाई विशेष गरी दुई प्ररकारमा विभाजन गरिएको छ। पहिलो ‘आज्मा’ दम हो। दोस्रो ‘सीओपीडी’ अर्थात् क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज।

आज्मा

नेपालमा २० वटा रोगमा गरिएको अध्ययनमा आज्मा दम १३औँ नम्बरमा पर्छ। आज्मा दम एलर्जीको कारणबाट हुने दम हो। प्रदूषित वातावरण, धुवाँधुलो, खानेकुरा आदिबाट एलर्जी भएर यो दम हुन्छ। यो पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा हुने दम हो। सामान्य अवस्थामा बसिरहेको मान्छेलाई एक्कासि श्वास फेर्न गाह्रो हुँदा यो दम लागेको शंका गर्नुपर्छ।

एलर्जी भएपछि नाकबाट पानी आएर हाच्छिउँ आएपछि यो दम शुरु हुन्छ। कतिपय अवस्थामा बिरामी बेहोशसमेत हुनसक्छ। यो दमलाई औषधिको माध्यमबाट उपचार गर्न सकिन्छ। फोक्सो नबिग्रिने हुनाले यो दममा औषधिले काम गर्छ। यस्तो अवस्थामा बिरामी आफूलाई एलर्जी भएका कुराहरूबाट टाढै बस्नुपर्छ। एलर्जी हुने खानेकुरा खानुहुँदैन।

सीओपीडी

‘सीओपीडी’ अर्थात् क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज। यो दम औषधिले काम नगर्ने खालको रोग हुन्छ। रोगमध्ये सीओपीडी दम संसारभरमा चार नम्बरमा पर्छ। मुटुको रोग र क्यान्सरपछि दमको रोग आउँछ। विश्व स्वास्थ्य संगठनले चुरोटबाट लाग्ने सीओपीडी दम एक नम्बरमा परको तथ्यांक निकालेको छ।

चुरोट, धुलो र गाउँघरमा चुलो बाल्दा निस्कने धुँवाबाट यो दम हुन्छ। विशेषगरी ४० वर्षदेखि माथिका उमेर समूहका मानिसमा यस प्रकारको दम बढी देखिन्छ। यो दम लागेपछि खोकी लाग्ने, स्वाँस्वाँ हुने, श्वास फेर्न गाह्रो हुने हुन्छ। खकार बढी आउने, थोरै काम गर्दा पनि स्वाँस्वाँ बढ्ने, छाती फुल्ने तथा दुख्ने, भर्याङ उक्लिँदा वा उकालीओराली गर्दा श्वास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्।

जाडोमा बढ्छ, दम

आज्मा होस् वा सीओपीडी दमका यस्ता लक्षण थाहा पाइसकेपछि पनि हेलचेक्र्याइँ गर्दा मुटुमा अक्सिजन पुग्दैन र मुटु र शरीर दुवै फुल्दै मुटु फेलसम्म हुने सम्भावना हुन्छ। जाडो मौसममा भाइरल इन्फेक्सनले रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ। यस्तो अवस्थामा श्वासनली साँघुरो भएर बाधा उत्पन्न हुन्छ। यसका कारण पनि श्वासप्रश्वासमा समस्या आउँछ।

अन्य मौसमभन्दा जाडोमा दमका रोगी बढ्छन्। जाडोमा ‘कमन कोल्ड’ र ‘भाइरल इन्फेक्सन’का कारण बिरामीको संख्या बढ्छ। जाडोमा धेरै धुलोका कणबाट संक्रमणमा हुने भएकाले यो समस्या देखिएको हो।

के गर्ने ?

दम भएका बिरामी जाडो मौसममा थप चनाखो हुनुपर्छ। यस्ता बिरामीलाई चिसोका कारण श्वासप्रश्वासमा विभिन्न समस्याले सताउन सक्छ। जाडो भयो भन्दैमा दमका रोगी झ्याल–ढोका पूरै बन्द गरेर गुम्सिएर बस्नु हुँदैन। यसरी बस्दा अक्सिजन कम भएर श्वास फेर्न असहज हुन्छ। जाडोबाट दमको रोगबाट बच्नको लागि फ्लु भ्याक्सिनले पनि निकै सहयोग पुर्याउँछ।

त्यस्तै निमोनिया भइरहनेले भने निमोनिया भ्याक्सिन पनि लगाउन सक्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण