Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

हेल्थ टिभी अनलाइन : हामी नेपालीहरूमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। आगोमा सेकेर वा घाममा बच्चालाई तेल लगाउँदा फाइदा गर्ने विश्वास गरिन्छ। वैज्ञानिक दृष्टिकोणबाट के महत्व छ त साना शिशुहरूलाई गरिने मसाजको ?

नियमित रूपले मसाज गर्दा बच्चालाई रोग लाग्ने सम्भावना कम हुन्छ।

शरीरको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

मसाज राम्रो व्यायाम पनि हो। यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ।

राम्रो तेलले मसाज गर्दा बच्चालाई आराम र खुशी मिल्छ। उनीहरूलार्इ राम्ररी निन्द्रा पनि लाग्छ।

मसाज गर्नुअघि ध्यान दिनुपर्ने कुरा

मसाजको समय सफाइको ख्याल राख्नुपर्छ।

यदि बच्चाले भर्खर दूध पिएको छ वा पेट भरिएको छ भने मसाज गरिहाल्नु हुँदैन।

मसाज गरिसकेपछि जाडो मौसममा तातोपानी र गर्मीमा सामान्य पानीले नुहाइदिनु राम्रो हुन्छ।

तीन्चार महिनाको बच्चालाई नुहाइदिनुअघि उसको सबै अंगमा ‘बेबी आयल’ले मसाज गरिदिनुपर्छ ।

कसरी गर्ने मसाज ?

बच्चालाई मसाज गर्दा दाहिने गोडाबाट शुरु गर्नुपर्छ।

शिशुको खुट्टालाई दुवै हातको बिचमा दबाएर रगड्नुपर्छ।

मसाज गर्नेको हात चिसो हुनुहुँदैन।

बच्चाहरूको अंग कोमल हुने हुनाले हल्का ढंगले मसाज गरिदिनुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।