Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रायोको सागको फाइदा

रायोको सागको फाइदा

हेल्थ टिभी अनलाइन : धेरैलाई थाहा नहुन सक्छ, रायोको साग संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ। यसमा भिटामिन के, ए, सी, ई, बी वन्, बी टु, बी थ्री, प्रोटिन, फस्फोरस, म्याग्नेसियम, आइरन लगायतका विभिन्न पोषण तत्त्व हुन्छ। यी तत्त्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

रायोको सागलाई पकाएर वा काँचै सलादको रूपमा खान सकिन्छ। रायोको साग बढी पकाउँदा यसको पोषणतत्त्व नष्ट हुने सम्भावना हुन्छ।

रायोको सागको फाइदा :

रायोको सागले डण्डीफोरलगायत छालासम्बन्धी विभिन्न समस्याबाट बचाउँछ। रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन हुने भएकाले वाकवाकी आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ।

रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्‍याउँछ। यसले आँखामा हुने रतन्धोलगायत समस्याको सम्भावनालाई पनि दूर गर्ने गर्छ।

रायोको सागमा ‘भिटामिन९के’ प्रशस्त मात्रामा पाइन्छ। यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ। हड्डी खिइने समस्यामा पनि रायोको साग उपयोगी मानिन्छ।

रायोको सागले मुटुको बिरामीलाई राहत दिन्छ। रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ। यसले कलेजो क्यान्सरका बिरामीलाई पनि फाइदा पुर्याउँछ।

निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसलाई पनि यसको राहत मिल्छ। यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दीर्घरोगीलाई औषधिकै काम गर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण