मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार
हेल्थ टिभी अनलाइन : आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो फैलिएको छ। यो साना ठूला सबैलाई हुन सक्छ।
यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै यसले हानि हुन सक्छ।
घरैमा पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आइञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।
रुघाखोकी सहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले धेरै लाभ हुन्छ।







Pledges to Curb Antimicrobial Resistance Must Urgently Translate into Action
वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो