मिर्गौला बिगार्ने ५ कारण र बच्ने उपाय

हेल्थ टिभी अनलाइन : नेपालमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको पाइन्छ । अझ सानै उमेरदेखि नै मिर्गौलामा समस्या देखिन थालेकोले चिन्ता बढाएको छ । एकपटक मिर्गौला फेल भइसकेपछि यसको उपचार प्रक्रिया असाध्यै महँंगों र झन्झटिलो हुन्छ । मिर्गौला फेल भइसकेपछि डाइलाइसिस वा प्रत्यारोपण बाहेक अर्को विकल्प नै छैन्। त्यसैले मिर्गौला बिग्रन नै नदिनका लागि हामीले शुरुदेखि नै हाम्रो आनीबानी, जीवनशैली स्वस्थ बनाउन जरुरी छ । बेलैमा सतर्क रहेर यसलाई बचाउन सक्यौं भने यसको झन्झटिलो उपचार र जीन्दगीभरको कमाई सक्नुपर्ने हुँदैन ।
मिर्गौला मुख्यत यी ५ कारणले गर्दा बिग्रने गर्छ
उच्च रक्तचाप
मधुमेह
जथाभावी औषधिको प्रयोग
अस्वस्थकर खानेकुरा
शारीरिक व्यायामको कमी
यी त भए मिर्गौला बिगार्ने मुख्य कारण । यसबाहेक वंशाणुगत कारण पनि मिर्गौलामा समस्या देखिनसक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि फेल हुनेसम्म पुग्छ।। त्यसैले मिर्गौला ठिक छ की छैन भनेर जान्नका लागि पनि यसको नियमित जाँच गर्न जरुरी हुन्छ । याद रहोस धेरैसजो मिर्गौलाको समस्यामा लक्षण नै नदेखिन सक्छ र लक्षण देखिने बेलासम्म यसले काम गर्न छोडिसकेको हुन्छ ।
त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि माथिका यी कुराहरुमा ध्यान दिन जरुरी छ भने नियमित जाँच गर्न पनि त्यत्तिकै जरुरी छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल