महिनावारीमा खानुस् यी खानेकुरा

हेल्थ टिभी अनलाइन \काठमाडौं : महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा आम महिलामा हुन्छ।
महिनावारीको समयमा शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। प्रशस्त मात्रामा पिउनुपर्छ। गर्मीको समयमा अझ बढी ध्यान दिनुपर्छ।
आइरनयुक्त खाना जस्तै– कालो चना, साग, पालुङ्गो, हरिया सागपात, फलफूल र भिटामिन ‘सी’ प्रसस्त खानुपर्छ। आइरनले ‘हेमोग्लोबिन’ बढाउन मद्दत पुर्याउँछ जुन महिनावारीको समयमा अत्यन्त आवश्यक हुन्छ।
भिटामिन ‘सी’ ले दुखाइ र मांसपेशीमा हुने ऐठन कम पार्न मद्दत गर्छ। थकान कम हुन्छ।
यसैगरी मासंपेशीमा दुखाइ हुने महिलाले भारी खाना खानुहुँदैन। दही, बेसार, नपाकेको मेवा, घ्युकुमारी, अदुवा, जिरा र दालचिनीले पनि महिनावारीको समयमा महिलालाई राहत दिन्छन्। यसका साथै यो बेला आरामको पनि आवश्यकता पर्दछ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल