डेंगुबाट बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु रोगबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । यदि हामी लामखुट्टेको टोकाइबाट बच्न सक्यौं भने डेंगुबाट यसै पनि बच्न सकिन्छ । डेंगु एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट हुने हुँदा यसबाट जोगिन जरुरी हुन्छ ।
यसका लागि के के गर्ने त ?
पहिलो कुरा त यो जातको लामखुट्टे सफा पानी, पानी जम्ने स साना टीनका भाँडा, प्लाष्टिकका बट्टा, गमलाको पानी, पानी ट्यांकी, कुलर लगायतमा फुल पार्ने हुँदा यी स्थानमा पानी जम्न नदिने र सफा गरिरहने गर्नुपर्छ । यसैगरी राती सुत्दा झूल लगाएर सुत्ने, पूरा बाहुला भएको पुरै शरीर ढाकिने कपडा लगाउने, घरको झ्यालमा जाली हाल्ने, लामखुट्टे देखिएमा धुप बाल्ने गर्नुपर्छ । एडिस जातको लामखुट्टेले बढी मात्रामा साँझ घाम अस्ताउने बेला अघि र घाम उदाएको केही समयपछि बढी सक्रिय हुने हुँदा यो बेला अझ बढी चनाखो हुनुपर्छ ।
यदि एक्कासरी ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने, टाउको भारी हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई डेंगु जाँच गर्न आवश्यक छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल