च्याउ खाँदा ख्याल गरौं, कतै विषालु त होइन ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : च्याउ भन्ने वित्तिकै मन नपराउने व्यक्ति कम नै होलान्। यो नेपालमा अत्यन्तै रुचाइने तरकारीमा समेत पर्दछ।
वर्षा ऋतुको आगमन सँगै जंगलमा विभिन्न थरीका च्याउहरु आफै उम्रिन थाल्छन्। ती मध्ये कतिपय जंगली च्याउ हुन्छन्। तर, जंगलमा पाइने च्याउहरु एकदमै विषालु हुने भएको हुदाँ यो खाँदा गम्भीर बिरामी परिने गर्दछ र कहिले काहीँ मृत्यु समेत हुने गर्दछ। यो च्याउ पकाएर खाँदा समेत यसको विष कम हुँदैन।
नेपालमा याे बेला विषालु च्याउ खाएर बढी बिरामी आउने गरेको पाइन्छ ।
त्यसैले च्याउ सेवन गर्दा जंगली च्याउ कहिले पनि नखाऔँ। यसको छनोट गर्दा चिनेर र सेवन गर्दा मज्जाले पकाएर मात्रै सेवन गरौं ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल