Health TV Online

असार १५ मा खाइने दही चिउरा कति उपयोगी ?

असार १५ मा खाइने दही चिउरा कति उपयोगी ?

हेल्थ टिभी अनलाइन\ काठमाडौं : असार १५ अर्थात् दही चिउरा खाने दिन। सामाजिक एवं साँस्कृतिक दृष्टिकोणबाट यो दिन खाइने दही चिउरा महत्त्व छ। तर स्वास्थ्यका हिसाबले कति उपयोगी होलारु यो परिकारले मानव स्वास्थ्यमा कस्तो फाइदा पुर्याउँछ ?

असार महिनामा गर्मी अधिक हुने भएका कारण दही सेवन गर्नु राम्रो मानिन्छ। दहीमा क्याल्सियम, सोडियम, भिटामिन र पोटासियम पनि पाइन्छ। दहीमा पाइने ल्याक्टोब्यासिलस ब्याक्टेरिया मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ। साथै चिउरा काब्रोहाइड्रेडको प्रमुख स्रोत हो। गर्मीयाममा पसिनाले शरीरबाट पानीको मात्रा कम हुन पुग्छ। र यी दुवै मिसाएर खाँदा यसलाई परिपूर्ति गर्न समेत दहीचिउरा खानु उपयुक्त मानिन्छ।

दहीचिउरा स्वादिष्ट बनाउन गुलियो बनाउन चिनी वा केरासमेत मिसाउने चलन छ। दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्छ। साथै यसले पाचन प्रक्रियामा सहयोग पुर्याउनुका साथै पखाला लाग्नबाट समेत बचाउँछ।

चिउरामा काब्रोहाइड्रेड र आइरनको मात्रा बढी हुने भएकाले यसले काम गर्नका लागि शक्ति प्रदान गर्छ। यो पकाउन नपर्ने भएकाले समयको बचत समेत हुन्छ। धान रोप्ने चटारो हुने असार महिनामा थोरै समयमा स्वादिष्ट एवं पोषिलो खानाको रूपमा दही चिउरा खाने चलन चलेको बुझिन्छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर