गर्मीमा तातो हावा वा लुबाट कसरी जोगिने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : गर्मीमा विशेष गरी तराई क्षेत्रमा तातो हावाका कारण लु लाग्ने गर्छ । लु लाग्दा व्यक्तिलाई सास फेर्न गाह्रो हुने, पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, छाला सुख्खा तथा तातो हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, चक्कर लाग्ने तथा बेहोस हुने गर्छ । त्यसैले गर्मी सुरु भएर तातो हावा लाग्न थालेमा विशेष ख्याल गर्नुपर्छ । लुबाट जोगिन यस्ता क्रियाकलाप गर्न सकिन्छ ।
-दिँउसो सकेसम्म घरबाट बाहिर ननिस्कने
-फलफूलको रस र पानी प्रसस्त पिउने
-धेरै पसिना आएमा कहिले काहीँ जीवनजल पिउने
-बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने
-चिसो पानीले नुहाउने
-खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
-मदिरा सेवन नगर्ने
-क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
-चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
यदि माथि उल्लेखित लक्षणहरु देखिएमा आफनो नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी उपचारका लागि जाने ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्