ओखर खानुका यस्ता छन् फाइदा

हेल्थ टिभी अनलाइन : भाइटीकामा टीका लगाएर दिदीबहिनीले दाजुभाइलाई दिने मसलामा ओखर पनि पर्छ। ओखरमा स्वास्थ्यरक्षा गर्ने धेरै तत्त्व पाइने भएकाले पनि दिदीबहिनीले दाजुभाइलाई यो मसालाको रुपमा दिएको हुनसक्छ।
ओखरमा अधिक मात्रामा पोषक तत्त्व पाइन्छ। यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बी–६, बी–१२, सी, डी,ई र के पाइन्छ। यो प्रोटिनको पनि राम्रो स्रोत हो। यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर अत्यधिक पाइन्छ। यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो।
मस्तिष्कलाई स्वस्थ्य राख्न महत्त्वपूर्ण भएकाले ओखरलाई ‘ब्रेन फुड’ पनि भनिन्छ। यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ। ओखरको तेल छाला र केश मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ।
ओखरको सेप हाम्रो मस्तिष्क जस्तै हुन्छ। यसको सेवनले मस्तिष्कलाई स्वस्थ्य राख्छ। खासगरी विद्यार्थीहरूले मस्तिष्क तेज, चुस्त राख्न, स्मरण शक्ति बढाउन नियमित रूपमा ओखर सेवन गर्न सक्छन्।
ओखरमा केही शक्तिशाली ‘न्युरो प्रोटेक्टिभ कम्पाउन्ड’ पाइन्छ, जस्तो कि, भिटामिन ई, ओमेगा थ्री फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ। नियमित दुईवटा ओखर महसँग मिसाएर सेवन गर्नाले मस्तिष्क स्वस्थ्य हुन्छ र स्मृति क्षमता पनि बढ्छ।
बिहान र दिउँसो दुईवटा ओखर खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ। ओखर खाँदा लामो समयसम्म पेट भरिन्छ। यसले छिटै भोक लाग्न दिँदैन। तौल नियन्त्रणका लागि पनि ओखर उपयोगी मानिन्छ।
ओखरको बोक्रा पिँधेर सफा गर्दा दाँत स्वस्थ्य र चम्किलो हुन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल