Health TV Online

झाडापखाला लाग्नबाट कसरी बच्ने ?

झाडापखाला लाग्नबाट कसरी बच्ने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : खाने पानी सफा र सुरक्षित भएन भने पानीजन्य रोग जस्तै झाडापखाला, वान्ता, पेट दुख्ने आउँ पर्ने जस्ता समस्या देखिन सक्छन्। त्यसैले पानीजन्य रोग झाडापखालाबाट बच्न निम्न उपाय अपनाउन जरुरी हुन्छ ।

-चर्पीमा मात्र दिसा पिसाब गर्ने बानी बसाल्ने
-बच्चाको दिसा चर्पीमै विसर्जन गर्ने
-दिसापिसाब गरेपछि वा बच्चाको दिसा पिसाब सफा गरेपछि साबुन पानीले हात धुने
-खाना बनाउनु अघि र खाना खानुअघि साबुन पानीले राम्ररी हात धुने
-पानी उमालेर वा क्लोरिन झोल मात्रा मिलाएर हालेर मात्र पिउने
-बासी खानेकुरा तथा झिंगा भन्किएका खानेकुरा नखाने
-सकेसम्म काँचो खाना नखाने, राम्ररी पकाएर मात्र खाने
-खानेपानीको मुहान सुरक्षित तथा सफा राख्ने
-यतिमात्र गर्न सकेमा झाडापखाला लगायतका पानीजन्य रोगबाट बच्न सकिन्छ ।

झाडापखाला लाग्नासाथ घरमै पनि उपचार गर्न सकिन्छ ।

त्यसका लागि सफा १ लिटर पानी लिने र त्यसमा एक पुरिया जीवनजल घोल्ने । यसलाई पटक पटक गरी खान सकिन्छ । नरम तथा झोलिलो खानेकुराप्रशस्त मात्रामा खाइरहने । यो बेला पानीको मात्रा शरीरबाट बाहिर जाने हुँदा यसको पूर्तिको लागि पनि सफा पानी र झोलिलो खानेकरा धेरै खानुपर्छ । यदि धेरै नै समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधिको सेवन गर्नु राम्रो हुन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर