पोष्ट कोभिड लक्षण कति समयसम्म देखिन्छ ? जानीराखौं

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरसको संक्रमणपछि केही संक्रमितहरुमा लामोसमयसम्म पनि लक्षणहरु देखिन सक्छ र केही जटिलता आउन सक्छ ।यस्तो अवस्थालाई पोष्ट कोभिड अवस्था भनिन्छ ।
यो कसलाई कति समयसम्म लक्षण देखिन्छ भन्ने कुरा संक्रमणको अवस्था र व्यक्ति अनुसार फरक पर्न सक्छ । तर सामान्यतया पोष्ट कोभिड लक्षण १२ सातासम्म देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल बताउँछन्। त्यसैले पनि कोरोना संक्रमण भएको तीन महिनासम्म खानपान, शारीरिक व्यायाम लगायतका विषयमा ध्यान दिन जरुरी रहेको उनको भनाई छ । कोरोना निको भयो भनेर हेलचेक्र्याइँ गर्दा ज्यानै समेत जान सक्ने हुँदा यो बेला विशेष ख्याल गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले सूचना नै जारी गरेको छ ।
नेपालमा पोष्ट कोभिड लक्षणका रुपमा देखा परेका समस्याहरुमा म्युकोमाइकोसिस अर्थात कालो ढुसी जसले आँखा बिगार्छ, यसैगरी बालबालिकामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम, बढी थकान महशुस हुने, निद्रा नपर्ने, रक्तचाप बढ्ने जस्ता रहेका छन्।
कोरोना संक्रमणबाट निको भएर पनि यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति