औषधीय गुणले भरिपूर्ण घिउकुमारी

हेल्थ टिभी अनलाइन : घिउकुमारी अर्थात् एलोभेरामा औषधीय गुण हुन्छ। घिउकुमारी करिब दुई सय ५० प्रजाति हुने बताइन्छ ।
घिउकुमारी अर्थात् एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्त्व पाइन्छन्। यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा पुर्याउँछ।
नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ। एलोभेरामा पाइन्ने एन्टिफ्लेमेन्टरी नामक तत्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ। दैनिक ५० ग्राम एलोभेराको जुस पिए क्यान्सररोगीई फाइदा गर्छ।
यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ। एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई मुलायम र चमकदार बनाउँछ । छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ। एलोभेरा जुस खाएमा तौल घट्छ। साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ।
साथै एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति