यस्ता छन् गाजरका अनेक फाइदा

हेल्थ टिभी अनलाइन : गाजर स्वादिलो मात्र होइन हाम्रो लागि स्वास्थ्यवर्धक खानेकुरा पनि हो। सिंगै होस् वा सलादको रूपमा अथवा तरकारी वा हलुवा बनाएर खान सकिने गाजर पौष्टिकताले भरपुर छ।
यसमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ। यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ। गाजर सम्भव भएसम्म सलादका रुपमा दिनहुँ खानु राम्रो मानिन्छ ।
नियमित गाजर खानुका फाइदा–
रक्तअल्पताको समस्यामा गाजरको नियमित सेवन रामवाण जस्तै हो। गाजरले रगतको उत्पादन बढाउन सहयोग गर्छ ।
यसमा भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्छ। रतन्धो हुनबाट धेरै हदसम्म जोगाउँछ।
गाजरको नियमित सेवनले रगतलाई बढी गाढा हुनबाट जोगाउँछ। यसका कारण मुटुरोगको जोखिम कम हुन्छ।
नियमित रूपमा गाजर खानाले खोकी, दम र पिसाब पोल्नेजस्ता समस्याबाट पनि मुक्ति पाउन सकिन्छ।
नियमित गाजर सेवनले छाला स्वस्थ तथा चमकदार बनाउँछ। यसले क्यान्सरको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन्।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्