आँखामा नगर्नुस् हेलचेक्रयाइँ, अपनाउनुस् यी सावधानी

आँखा शरीरको यस्तो संवेदनशील अंग हो, जसविना हामी संसार नियाल्न सक्दैनौँ। आँखामा लाग्ने चोट वा जन्मजात समस्याले मात्र होइन, खराब आहार–व्यवहारले पनि हाम्राे आँखा कमजोर बनाइरहेकाे छ।
वातावरण प्रदूषणले आँखामा असर गरिरहेकाे हामी पाउँछाैँ। हाम्रो वातावरणमा फैलिएको धुलोधुँवाले आँखामा पनि असर पार्छ। टेलिभिजन, कम्प्युटर, मोबाइललगायत यन्त्र हाम्रो जीवनको हिस्सा बनेका छन्। हामी अधिकांश समय यिनै यन्त्रमा व्यस्त रहन्छौँ। यो आँखाको लागि राम्राे हाेइन। त्यस्तै सही खानेकुरा चयन गर्न नजान्दा पनि आँखामा समस्या आउँछ। यी समस्या आउन नदिन यस्ता उपाय अवलम्बन गर्नुपर्छ–
स्वस्थ खानपान
पेट भर्नका लागि मात्र खाने होइन, शरीर स्वस्थ राख्न पनि हो। खानामा पालुंगोजस्ता हरियो साग, फलफूल तथा माछा समावेश गर्न सके आँखा सुख्खा रहने समस्याबाट मुक्ति पाउन सकिन्छ।
आँखाको व्यायाम
केही व्यायाम गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ। आँखा चिम्म गरेर हत्केलालाई हल्का रूपमा राख्नुस्। अनि हल्का आँखा तलमाथि गर्नुस्। अथवा चिम्लेर आँखा यताउति चलाउने व्यायामले तनाव पनि कम हुन्छ।
वेलावेलामा धोइरहने
समय समयमा सफापानीले आँखा धोइरहनुपर्छ। यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा सफा पानी छम्किने गर्नुपर्छ।
आँखा झिम्क्याइरहने
कम्प्युटर वा मोबाइल प्रयोग गर्ने व्यक्तिहरू आँखा कम झिम्क्याउँछन्। परेला झिम्क्याइरहँदा आँखालाई स्वस्थ राख्न सहयोग गर्छ। यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ।
नियमित जाँच
आँखाको प्रकाश ठिक छ र पढ्न लेख्न समस्या छैन भने पनि वर्षमा कम्तीमा एकपटक आँखा जाँच गराउनुपर्छ। आँखा कमजोर भएका व्यक्तिहरूले त नियमितरूपमा जाँच गराइरहनुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा