बच्चा मोटाइरहेकोमा चिन्तित हुनुहुन्छ?, छुटाउनुस् यस्ता बानी

अचेल धेरैजसो अभिभावकको टाउको दुखाइको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रूपमा मोटाएपछि अभिभावक पिरोलिने गरेका छन्।
मोटोपनले सानै उमेरमा शरीर असुहाउँदो त देखिन्छ नै उनीहरू चाँडै रोगी पनि बन्छन्। बालबालिकालाई मोटाउन नदिन यी उपाय अपनाउनुपर्छ–
सर्वप्रथम उनीहरूको खानपान, आनीबानीमा परिवर्तन ल्याउनुपर्छ। बच्चालाई टेलिभिजन वा मोबाइल हेर्दै र गेम खेल्दै खाने बानी छुटाउनु पर्छ।
मोबाइल, कम्युटर, टिभीमा धेरै समय बिताउन दिनु हुँदैन। घरभित्र खेल्नेभन्दा बाहिर खेल्ने खेलमा प्रेरित गर्नुपर्छ। उनीहरूलाई खुला रूपमा दौडिन र उफ्रिन दिनुपर्छ।
थोरै थोरै खाना धेरै पटक दिनुपर्छ। ज्यादै भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ। जंकफुडमा अभ्यस्त हुन दिनुहुँदैन। भोक लाग्नुअघि नै खानेकुरा दिएपछि बच्चाहरू जंकफुडमा लोभिँदैनन्।
फलफूल, सागसब्जी पर्याप्त खाने बानी गराउनुपर्छ। यसले पनि क्रमशः जंकफुडको बानी छुट्छ। कोल्ड ड्रिंकको साटो पानी वा फलफूलकाे ताजा रस पिउन दिनुपर्छ। धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ।
राति अबेरसम्म बस्न दिनुहुँदैन। छिटै सुताउने र बिहान छिटै उठाउने गर्नुपर्छ। बच्चालाई पर्याप्त निन्द्रा पुग्न दिनुपर्छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्