चिसाेमा कफ निकाल्न घरेलु औषधि

चिसोमा घाँटी दुख्ने, रुघाखोकी लाग्ने र छातीमा कफ जम्ने आम समस्या हो। छातीमा कफ जम्दा सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्या निम्त्याउँछ। छातीमा कफ जम्ने समस्या समाधान गर्न एन्टिबायाेटिकभन्दा घरेलु औषधि प्रभावकारी हुन्छ।
तातोपानी
कफ जमेको वेला हल्का तातोपानी पिउनु फाइदाजनक हुन्छ। यसले छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ। कागती पानी वा कागतीको चिया पिएर पनि समस्या समाधान गर्न सकिन्छ।
नुनपानी
नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ। जमेको कफ निस्किन्छ। यसले घाँटी सफा हुन्छ र सबै किटाणु पनि मर्छन्।
मह र कागती
एक चम्चा शुद्ध मह र दुई चम्चा कागतीको रस मिसाएर पिउँदा आराम मिल्छ। महमा एन्टिब्याक्टेरियल र एन्टी फंगल हुन्छ। कागतीमा भरपुर भिटामिन सी पाइन्छ। यसले छाती र घाँटीलाई तुरुन्त आराम पुर्याउँछ।
मरिच
मरिच श्वासप्रश्वासको समस्या समाप्त गर्न चामत्कारिक औषधि मानिन्छ। एक कप पानीमा १५ २० दाना मरिच उमालेर मह मिसाएर पिउँदा फाइदा पुग्छ। मरिचमा ‘पाइपरलांगमाइन’ तत्त्व पाइन्छ। यसले शरीरमा एन्जाइम बन्नबाट रोक्छ। एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ। कफको कारण बन्छ।
बेसार
तातोपानीमा एक चम्चा बेसार मिसाउनुहोस्। बेसारमा ‘करक्युमिन’ तत्त्व पाइन्छ, जसमा धेरै नै शक्तिशाली एन्टिब्याक्टेरियल गुण हुन्छ। यसले कफलाई पातलो बनाउन मद्दत गर्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति