Health TV Online

बालबालिकालाई निमाेनियाबाट बचाउन डा. कविताका पाँच टिप्स

बालबालिकालाई निमाेनियाबाट बचाउन डा. कविताका पाँच टिप्स

सरकारले नवजात शिशुका लागि निमोनियाविरुद्ध खोपको व्यवस्था गरेको छ। त्यसैले नटुटाई ६ हप्ता, १० हप्ता र ९ महिनामा बच्चालाई खोप लगाउनुस्।

सरसफाइमा ध्यान नदिँदा पनि बालबालिकालाई निमोनियाले समाउन सक्छ। उनीहरूको सरफाइसँगै घरभित्र र वरिपरी सफासुग्घरमा ध्यान दिनुस्।

अचेल विशेषगरी शहरी क्षेत्रमा धुलो, धुवाँजस्ता प्रदूषण व्यापक छ। सकेसम्म यस्ता ठाउँमा बालबालिकालाई नलैजानुस्। लैजानै परे उनीहरूलाई गुणस्तरीय मास्क लगाइदिने गर्नुस्।

बच्चालाई शुद्ध र स्वास्थ्यवर्धक खानेकुरा खुवाउनुस्। घरमै बनाएर खुवाउनुस्। चाउचाउ, कुरमुरेजस्ता जंक फुड र बजारमा बनेका खानेकुरा कहिल्यै नखुवाउनुस्।

बालबालिकालाई न्यानो लुगा लगाइदिनुस्। तर न्यानो पार्ने बहानामा धेरै लुगा लगाइदिँदा गर्मी भएर पसिना आउने र त्यही पसिनाको चिसोका कारण निमोनिया हुनसक्ने तथ्य नभुल्नुस्।

यी प्रक्रिया अपनाउने हो भने बालबालिकालाई निमोनियाबाट धेरै हदसम्म जोगाउन सकिन्छ।

हेर्नुहाेस् भिडियाे 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर