रुघाखाेकीको औषधि घरमै छ, यसरी प्रयोग गर्नुस्

पुस महिनाको उत्तरार्धतिर लाग्दै गर्दा चिसो अत्यधिक बढेको छ। चिसोका कारण ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, नाकबाट पानी बग्ने र थकाइ महसुस हुने लगायत समस्या अधिकांशमा देखिन्छ।
चिसोबाट बच्न र रुघाखोकीबाट छुटकारा पाउन घरमै भएका सामग्री औषधिका रूपमा प्रयोग गर्न सकिन्छ। घरेलु रूपमा पाइने खाद्य पदार्थ मात्रा मिलाएर सेवन गरे यस्ता समस्याबाट बच्न सकिन्छ।
४–५ पत्ता तुलसीलाई तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा पिउने गरे रुघाखोकीबाट बच्न सकिन्छ। तुलसीको ४–५ वटा पातलाई नियमित महमा मिसाएरखाने गरे पनि खोकी निको हुन्छ।
बेसार, अदुवा र ज्वानो पानीमा पकाएर हरेक दिन बिहान–बेलुका खाने गरे रुघाखोकी निको हुन्छ। अदुवालाई अलिअलि पोलेर महसँग नियमित खाने गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ।
हरेक दिन बिहान खाली पेटमा ३ देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिलाएर ३–४ दिनसम्म लगातार सेवन गरे पनि रुघाखोकी निको हुन्छ।
गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोका कारण निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या समाधान हुन्छ।
गाउँघरमा नै पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरे पनि रुघाखोकी र ज्वरोबाट मुक्ति सकिन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति