उमेर नपुग्दै कपाल फुल्यो? कालाे बनाउन अपनाउनुस् यी घरेलु उपाय

अचेल खानपान, जीवनशैली र वातावरणका कारण उमेर नपुग्दै केश फुल्ने समस्या बढ्दो छ। उमेर नपुग्दै केश सेतो हुने समस्या देखिँदा मानिसहरू विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन्।
यसले तत्कालका लागि केश कालो बनाए पनि त्यो क्षणिक हो। यस्ता सामग्रीमा पाइने रसायनले कपाललाई झन् हानि गर्छ। त्यसैले यसको समाधान प्राकृतिक रूपमा खोज्नुपर्छ। आफ्नै घर वरपर वा भान्सामा पाइने वस्तुबाट कपाल कालो पार्ने विधि अपनाउनुपर्छ।
पहिलो उपाय
नरिवलको तेलमा कागतीको रस मिसाएर केशमा मसाज गर्ने । यसरी मसाज गरेको एक घण्टामा धुने।
दोस्रो उपाय
कपालमा नियमित बदाम र नरिवलको तेल लगाउने। कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत यसले मद्दत गर्छ।
तेस्रो उपाय
अमलाको रस निरन्तर कपालमा लगाउने गरे पनि सेतो कपाल कालो हुन्छ ।
चौथो उपाय
कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ।
साथै, केश स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम (आइरन), कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । माछामासु, ग्रीन टी, सागपात, गाँजर, मेवा, आदि मात्रा मिलाएर खाँदा केश स्वस्थ रहन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति