महिनावारीमा के गर्ने?, के नगर्ने?

हरेक महिना ३–४ दिन योनिमार्गबाट रगत बग्ने प्रक्रिया नै महिनावारी वा मासिक श्राव हो। महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो।
नेपालजस्तो विकासोन्मुख मुलुकमा महिनावारीमा किशोरी तथा महिलाहरू स्वस्थ खानेकुरा र स्वस्थ कपडा प्रयोग गर्नबाट वञ्चित हुने गरेका छन्।
अज्ञानता र शिक्षाको अभावमा महिनावारी स्वस्थ बन्न सकिरहेको छैन। महिनावारी स्वस्थ बनाउने केही टिप्स–
महिनावारीका वेला सरसफाइमा ध्यान दिनुस्। यौनाङ्ग सफा राख्नुस्। रेडिमेड प्याड हाेस् वा घरेलु कपडा, सफा र किटाणुमुक्त हुनैपर्छ। सफा राख्ने नाममा यौनाङ्गमा धेरै पानीको प्रयोग पनि नगर्नुस्।
योनिमार्गको सफाइका लागि सामान्य साबुन वा कम क्षार भएका ‘भजाइनल वास’को प्रयोग गर्न सकिन्छ। योनिमार्गको छेउछाउमा सुगन्धित पाउडर र प्याड प्रयोग नगर्नुस्।
भिटामिन ‘सी’ र ‘ए’युक्त ताजा फलफूल खानुस्। फलफूलमा हुने प्राकृतिक रेशाहरुले आन्द्राको चाल सन्तुलनमा राख्छ। यसले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ।
दैनिक ३–४ लिटरभन्दा बढि पानी पिउनुस्, तर चिया, कफी र मदिरा नखानुस्।
धेरै गुलियो तथा दूधबाट बनेका परिकारले पनि योनिमार्गका जीवाणु बढाउन मद्दत गर्ने भएकालेयस्ता खानेकुरा कमै खानुस् ।
दुखाइ कम गर्न हट रबर ब्यागकाे प्रयाेग र चिकित्सकको सल्लाहबमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ। सामान्यभन्दा धेरै रगत गएमा वा धेरै दिनसम्म रगत बगेमा चिकित्सककोमा जानुपर्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति