मिश्रीकाे औषधीय गुण

चिनी स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन। अझ मधुमेह भएकाहरूलाई विष नै सरह हुन्छ। मिश्री चिनीकै जमेको अवस्था हो।
मिश्रीलाई अंग्रेजीमा रक सुगर भनिन्छ। यसको उत्पादन भारत र पर्सियालगायत स्थानमा हुने बताइन्छ।
चिनीकै रूप भए पनि मिश्रीमा केही गुण छन्, जसले हाम्रो स्वास्थ्यमा आउने सानातिना समस्याको समाधान गर्न सक्छ।
पाचन क्रिया सुधार्नका लागि मिश्री प्रयोग गर्न सकिन्छ। यसमा रहेको तत्त्व आन्द्राका लागि फाइदाजनक हुन्छ।
दैनिक खानापछि मिश्रीको थोरै मात्रामा सुप मिसाएर खाने गर्दा फाइदा मिल्छ। अमिलो डकार र मुखको दुर्गन्ध हटाउँछ।
घाँटीमा खसखस भयो वा खोकीले सताउँदा मिश्रीको सानो टुक्रा मुखमा राख्दा आराम मिल्छ। बच्चाहरुलाई पनि रुघा खोकी लाग्दा मिश्री खुवाउन सकिन्छ । मिश्रीलाई पानीमा मिसाएर पिउँदा आराम हुन्छ।
मिश्रीमा मरिचको धुलो र घिउ मिलाएर बनाइएको पेस्ट राति सुत्नुअघि मनतातो पानीका साथ लिँदा खोकी ठिक हुन्छ।
तातो दूधमा केसर र मिश्री मिलाएर पिउँदा शरीरमा शक्ति तथा स्फूर्ति आउँछ। यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ। त्वचामा कान्ति आउँछ। यसले यौन दुर्बलता कम हुन्छ।
कडा गर्मीमा मिश्रीको उपयोग प्रभावकारी मानिन्छ। एक गिलास पानीमा मिश्री मिलाएर पिउँदा गर्मीबाट राहत मिल्छ र शरीरमा तागत आउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति