जाडोमा हातगोडाका छाला यसरी स्वस्थ राखौँ

जाडोमा कतिपयलाई हातगोडाका छाला फुट्ने समस्या हुन्छ। अझ चिसो पानीले लुगा धुन र भाँडा माझ्नुपर्नेहरूलाई त यो समस्याले धेरै सताउँछ।
छालामा सुक्खापन हटाउन र फुटेको छाला ठिक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ। हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु लगाउनुपर्छ।
ग्लिसिरिन र गुलाबजल मिश्रण कुनै पनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्दा छालालाई फाइदा पुग्छ। दूध र सुन्तलाको रससँग मह मिसाएर पनि सुक्खा वा फुटेको छालामा लगाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ।
जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले पर्याप्त पानी पिउनुपर्छ। हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ। यसले छालालाई सुख्खा हुनबाट जोगाउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति