Health TV Online

मधुमेह भएकाले कस्तो खानपान गर्ने?

मधुमेह भएकाले कस्तो खानपान गर्ने?

मधुमेह भएका बिरामीमा प्रायः खानेकुरालाई लिएर भ्रम रहेको पाइन्छ। कतिपय बिरामीले खानेकुराको तालमेल मिलाउन नजान्दा औषधि खाँदाखाँदै पनि सुगर सन्तुलनमा हुँदैन। कति बिरामीले त सुनेकै भरमा यो खान हुँदैन, त्यो खान हुँदैन भनेर आफूखुशी खाना बार्ने गरेकाे पनि पाइन्छ। त्यसैले मधुमेह भएकाले के खान हुन्छ, के खान हुँदैन भन्ने जान्न जरुरी छ।

खान नहुने

मधुमेह भएका बिरामीले खानै नहुने भनेको चिनी र चिनीबाट बनेका परिकार जस्तै चकलेट, मिठाइ, कोक फेन्टा स्प्राइट जस्ता पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर जंकफुड,आलु र पिँडालु।

तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन जस्तै डाल्डा, नौनी घ्यू, क्रिम, समोसा, चप र बजारमा तारेर राखेका अन्य खानेकुरा।

मधुमेह भएका बिरामीले सुगर सन्तुलनमा राख्ने हो भने धूमपान र मद्यपान त पटक्कै गर्नु नै हुँदैन।

कम खान हुने

मधुमेह भएका बिरामीहरूले कम मात्रामा केही खानेकुरा खान सक्छन्। अन्नहरूमा चामल, गहुँ, मकै, फापर, कोदो, जौ चिउरा, भुजा मुरै, कर्नफ्लेक्स आदि पर्छन्।

माछामासु–थोरै मात्रामा

अण्डा– दिनमा एउटा

फलफूल– दिनको एउटा मात्र

वनस्पति सागसब्जी तेल

यी पदार्थ थोरै परिमाणमा खान मिल्छ।

स्वस्थ मानिससरह खान हुने

परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौला, सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्छन्। पेय पदार्थमा चिनी नभएको चिया–कफी र घ्यू नभएको सुप।

मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप र धनियाँ खाँदा कुनै समस्या हुँदैन।

एउटै मात्र कुरा के याद गर्नुपर्छ भने मधुमेह भएकाले भोको पेट नबसेर थोरै थोरै मात्रा मिलाएर स्वस्थकर खानेकुरा खाँदा हानि गर्दैन। तर अस्वस्थकर खानेकुरा खानु हुँदैन।

  • डा.विनय भट्टराई

    मधुमेह राेग विशेषज्ञ डा.भट्टराई मेट्राे काठमाडाैं अस्पतालमा कायर्रत छन्।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर