पुदिना खाने गर्नुस्, पाउनुस् यस्ता फाइदा

दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ४–५ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच हुँदैन।
पेट फुल्ने वा अजीर्ण हुने समस्यामा पुदिनाको २ चम्चा रसमा अलिकति विरेनुन राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।
पुदिनाको पात पानीमा पकाउने, पानी सुकेर रहेको चौथाइ मात्रालाई नियमित बिहान पिउँदा पेटको दुखाइमा आराम मिल्छ। पुदिनाको पात पानीमा पकाएर पिउँदा दम र खोकीमा फाइदा पुग्छ।
घाँटी बढी खसखस भएर खोकी लागेमा पनि पुदिनाकाे रसले फाइदा पुग्छ। पुदिनाको ताजा वा सुकेको पात चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा औषधिजस्तै काम गर्छ।
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस भएको छ भने पुदिनाको पात माडेर केहीबेर सुँघाइदिँदा होश आउँछ। आधादेखि २ चम्चा पुदिनाको रस पानीमा मिसाई खान दिँदा ज्वरो घट्छ।
मुख सफा राख्न तथा दुर्गन्ध हटाउन पुदिनाले ठूलो सहयोग गर्छ। पुदिनाको पातलाई थोरै नुन राखेको पानीमा १० मिनेटजति उमालेर सेलाएपछि केहीबेर कुल्ला गर्नुपर्छ। यो प्रक्रिया दिनमा दुई पटक नियमित गर्दा केही समयमै फाइदा मिल्छ।
यति मात्र नभई साैन्दर्यका लागि पनि पुदिना उपयाेगी छ। छालाकाे चाउरी हटाएर चम्किलाे बनाउन, कपाल झर्नबाट राेक्न, चायाबाट जाेगिन पनि यसकाे प्रयाेग गर्न सकिन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति