मर्निङ वाक गर्नुहुन्छ? ध्यान दिनुस् यी कुरा

बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपछि शौचकर्म गर्नुस् अनि मात्र दौडिनुस्।
बिहान दौडिँदा लगाउने जुत्ता निकै सजिलो र हलुको हुनु जरुरी छ।
दौडिनुअघि शरीरलाई दायाँबायाँ चलाउने, ‘वार्म अप’ गर्ने गर्नुपर्छ।
दौडिन शुरु गर्नेबित्तिकै गति बढाउनु उपयुक्त हुँदैन। ७–८ मिनेटपछि मात्र ‘स्पिड’ बढाउनुपर्छ।
दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने गरिरहनुपर्छ । दौडिने वेला श्वासप्रश्वास नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ।
दौडिने क्रममा पैतालाको चाल सुन्ने प्रयास गर्नुपर्छ । यस्तो आवाज सुनिनुको अर्थ हुन्छ, जोडले दौडिएको। यसो गर्दा मन र मस्तिष्क पनि एकाग्र हुन्छ।
दौडिन शुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु उपयुक्त हुन्छ। दौडेर घर फर्केपछि नुहाउनु शरीरका लागि लाभदायक हुन्छ।
त्यसपछि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा