व्यायामपछि कस्ताे खानपान?

सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आवश्यकता हो। शरीर स्वस्थ राख्न खानपान स्वस्थ हुन जति आवश्यक छ, त्यति नै नियमित व्यायामको पनि। व्यायामले शरीरका सबै अंगलाई मजबुत गराउँछ। यसबाट रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ।
स्वस्थ मुटु र चिन्ताबाट मुक्तिका लागि व्यायामको ठूलो महत्त्व छ। शरीरको तौल नियन्त्रण गर्न मांसपेशी तथा हड्डीको मजबुतीका लागि पनि यो आवश्यक छ। नियमित व्यायामले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ।
नियमित व्यायामले मधुमेह, कोलेस्ट्रोल, क्यान्सर हुने खतरा कम गराउँछ। रक्तचाप सामान्य राख्न र अनिद्राजस्ता समस्या समाधान गर्न पनि यो उपयोगी छ।
व्यायाम गरेपछि सोहीअनुसार खानामा ध्यान दिन सक्नुपर्छ । व्यायामका साथसाथै आवश्यक पोषणको मात्रा मिलाएर खानुपर्छ।
व्यायामपछि केरा, दूध, माछा, मासु, ओटमिल, सलादका वा ‘प्रोटिन सप्लिमेन्ट’को प्रयोग गर्न सकिन्छ । प्रोटिन सप्लिमेन्टको प्रयोग गर्नुअगाडि फिटनेसविज्ञ तथा त्याेसम्बन्धी ज्ञान भएका व्यक्तिसँग परामर्श लिनुपर्छ।
व्यायाम सकिएको १० मिनेटपछि २०–२५ ग्राम प्रोटिन र ३०–३५ ग्राम कार्बोहाइड्रेट खानुपर्छ। व्यायाम र खाना खाने समय ४५ मिनेटदेखि १ घन्टाकाे अन्तर हुनुपर्छ।।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति