शरीरमा अनावश्यक कोलेस्ट्रोल जम्मा हुन नदिन…

विशेषगरी रगतमा पाइने बोसोलाई काेलेस्ट्रोल भनिन्छ। कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ। तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा बढी हुन्छ। यस्तो भएमा शरीरमा नकारात्मक असर पुग्छ।
शरीरमा अनावश्यक काेलेस्ट्राेल जम्मा हुन नदिन यी उपाय अपनाउनु पर्छ–
नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ।
शरीरमा भिटामिन डीको कमी भई कोलेस्ट्रोलको मात्रा बढ्छ। तसर्थ, सकेसम्म दिनमा एकपटक घाममा बस्नुपर्छ।
चिल्लो, भुटेको, तारेका खानेकुरा खानुहुँदैन। फास्टफुड पनि नखाएकै बेस। किनकि, यस्ता खाद्यपदार्थले शरीरमा अत्यधिक कोलेस्ट्रोल उत्पादन गर्छन् ।
सकेसम्म शाकाहारी भोजन गर्नु लाभदायक हुन्छ। ताजा तरकारी र मौसमी फलफूल खानुपर्छ। स्याचुरेटेड फ्याट बढी मात्रामा पाइने माछा, मासु, अन्डाको भित्री भाग कम खानुपर्छ।
धूमपान र मद्यपानजस्ता कुलतबाट टाढा रहनुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा