बालबालिकाकाे उचाइ बढाउन खुवाउनुस् यस्ता खानेकुरा

कतिपय बाबुआमालाई आफ्ना बालबालबालिकाको उचाइ नबढेको चिन्ता हुने गर्छ। उमेरअनुसार उचाइ नबढ्दा चिन्ता हुनु स्वाभाविक हो। बालबालिकाको उचाइ बढाउन यस्ता खानेकुरा मात्र मिलाएर खान दिनुपर्छ।
अन्न
व्यक्तिको पूर्ण शारीरिक विकासका लागि अन्न अत्यन्त आवश्यक खाद्यवस्तु हो । त्यसैले चामल, मकै र गहुँजस्ता अन्न बच्चाको खानामा नियमित समावेश गर्नुपर्छ । यसले शरीरमा चाहिने आवश्यक सबै पौष्टिक तत्त्व पारिपूर्ति गर्छ।
दुग्धजन्य पदार्थ
दूध, दही, घिउ, पनिरलगायत दूधजन्य खानेकुरामा प्रशस्त मात्रामा खनिज पदार्थ पाइन्छन् । त्यस्तै, यी चिजबाट भिटामिन ए, बी, डी र ई, क्याल्सियम तथा प्रोटिन आदि पदार्थ पनि प्राप्त हुन्छन्, जसले शरीरमा कोषिकाको विकास गर्छन्। त्यसैले, हरेक दिन दुग्धजन्य पदार्थ सेवन गरेमा बच्चाको शारीरिक विकास छिटो हुन सघाउ पुग्छ ।
गेडागुडी
शारीरिक वृद्धि विकासका लागि महत्त्वपूर्ण खानेकुरा गेडागुडी हो । गेडागुडीमा प्रशस्त मात्रामा फाइबर र क्याल्सियम पाइने भएकाले यी हाडजोर्नीको विकासमा सहयोगी हुन्छन्।
माछा\मासु
माछा भिटामिन, क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो। माछामासुको सेवनले मांशपेसीसँगै हड्डीसमेत बलियो बनाउँछ। यससँगै उचाइ स्वतः बढ्छ ।
अण्डा
उचाइ वृद्धिका लागि अण्डा अत्यावश्यक आहार हो । यसमा उच्च मात्रामा प्रोटिन, क्याल्सियम, भिटामिन बी र रिबोफ्लिाभिन पाइने भएकाले बालबालिकाकाे वृद्धि विकासमा सहयोग गर्छ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्