यसरी बच्नुस् झडापखालाबाट

दूषित पानीका कारण वर्षायाममा झाडापखालाको संक्रमण बढ्छ। झन् बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा झाडापखालाको महामारी फैलिने सम्भावना धेरै हुन्छ। झाडापखालाको महामारीकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको छ ।
बालबालिका, बूढाबूढीलगायत प्रतिरोधी क्षमता कम भएका मानिस झाडापखालाबाट बढी प्रभावित हुन्छन्। सतर्कता अपनाउन सके झाडापखाला केही दिनमा आफैँ ठीक हुन्छ । यो लामो समयसम्म रहनु स्वास्थ्यका लागि घातक हुन्छ।
बच्ने तरिका
पानी उमालेर, फिल्टर गरेर, पियूषजस्ता औषधि प्रयोग गरेर मात्र पिउनुपर्छ।
खोला, इनार आदि खुला ठाउँको पानी प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।
खुलै छाडिएका र बासी खानेकुरा खानुहुँदैन। खानेकुरा सधैँ छोपेर राख्नुपर्छ ।
फलफूल, हरियो सागपातजस्ता खानेकुरा राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
दिसा गरिसकेपछि र खाना खानुपूर्व साबुनपानीले राम्ररी हात धुनुपर्छ।
घर भित्रजस्तै आँगन वरिपरिको सरसफाइमा पनि ध्यान दिनुपर्छ।
घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति