कुरिलाे : स्वास्थ्यका लागि ज्यादै उपयोगी

नेपालका प्रायः सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो। यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिन्छ।
यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ।
कुरिलोबाट लिन सकिने फाइदाहरू
कुरिलोको जराको चूर्ण बनाएर नियमित खाएमा यौन दुर्बलता र स्तनका रोगलाई फाइदा गर्छ ।
कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ ।
कुरिलोको नियमित सेवनले महिलाको यौन दुर्बलता पनि हटाउन सकिन्छ। यसले महिनावारी गडबडी ठीक पार्न सहयोग गर्छ।
कुरिलोको नियमित सेवनले क्यान्सर हुने सम्भावना कम हुन्छ । क्यान्सर भएकाका लागि पनि यो फाइदाजनक छ ।
कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति