Health TV Online

सर्पले टाेक्याे? के गर्ने?

सर्पले टाेक्याे? के गर्ने?

बढ्दो गर्मी, बाढीपहिरो र डुबानका कारण सर्पदंशका घटना भइरहेका छन्। विशेषगरी तराई–मधेशमा केही समययता सर्पदंश बढिरहेका छन्।

तराईका सर्प विषालु हुन्छन्। तराईमा पाइने कोब्रा, गोमन र करेन्ट सर्प अत्यन्तै विषालु हुन्छन्। तराईतिरको सर्पले टोक्दा स्नायु प्रणाली र मुटुमा असर गर्छ। समयमै उपचार हुन सकेन भने बिरामीको ज्यानै जान पनि सक्छ।

पहाडी भेगमा पाइने सर्प त्यति विषालु हुँदैनन्। पहाडतिरको सर्पले डस्दा डसेको भाग सुन्निन्छ।

पहाडतिर सर्पले टोक्दा प्राथमिक उपचार गरेर अस्पताल लग्न सकिन्छ। अस्पताल पुर्याउनुअघि बिरामीलाई सुताएर टोकेको भागभन्दा केही माथि एउटा औँला छिर्नेगरी ‘ब्यान्डेज’ बाँध्नुपर्छ।तराईमा सर्पले टोक्दा भने तुरुन्त उपचार केन्द्र पुर्याइहल्नुपर्छ। ढिलो गर्नुहुँदैन।

धेरै विषालु भए सर्पको विषले वाकवाक आउने वा बेहोश हुने समस्या देखिन्छ। सर्पदंशमा परेकाले आत्तिनु हुँदैन। बिरामीलाई चाँडोभन्दा चाँडो उपचार केन्द्र पुर्याएर ‘एन्टी स्नेक भेनम’ दिनुपर्छ। सर्पले टाेकेकाे भाग चलाउनु हुँदैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर