किन खाने आँप?

गर्मी मौसममा पाइने फलफूलमध्ये एक हो आँप। फलको राजा भनेर पनि चिनिने आँप देख्दा नलोभिने को होला? यो फल स्वास्थ्यका लागि पनि गुणकारी छ।
आँपमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइन्छ। आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्छ।
आँप खाँदा हुने फाइदा
नियमित आँप सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा ‘कोलेस्ट्राेल लेवल’ कम गर्न मद्दत गर्छ।
आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखासम्बन्धी समस्याबाट बचाउँछ।
आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्छ।
आँप सेवनले ‘ब्लडप्रेसर लेवल कन्ट्रोल’ गर्न मद्दत गर्नुका साथै मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ।
आँपमा प्रशस्त मात्रामा आइरनले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्या हुन दिँदैन।
आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति