Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घरमा स्वच्छ राख्नैपर्ने आठ विषय

घरमा स्वच्छ राख्नैपर्ने आठ विषय

ब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ।

स्वास्थ्यका लागि हात, लुगा र भुइँ सही समयमा सफा गरिरहनु पर्छ। उक्त संस्थाले चेतावनी दिँदै भनेको छ– तर चारमध्ये एकजनाले त्यसलाई महत्त्वपूर्ण ठान्दैनन्।

सही समयमा सही काम गर्न सकेमा सङ्क्रमण कम हुने र एन्टिबायोटिकले काम नगर्ने स्थिति पनि कम हुने बताइएको छ।

र ‘अति सफा’ भन्ने कुरा हुँदै हुँदैन।

आरएसपीएच रिपोर्टका अनुसार मानिसहरूमा फोहोर, किटाणुहरू, स्वास्थ्य र सरसफाइबारे अन्याेल छ।

दुई हजारजना मानिसहरूमा गरिएको सर्वेक्षणमा २३५ ले आफ्ना बच्चालाई उनीहरूको रोगप्रतिरोधी प्रणाली राम्रो बनाउन खतराजन्य किटाणु भएका ठाउँमा पनि छाडिदिनुपर्ने ठानेको बताएका थिए।

तर यो रिपोर्ट बनाएका विज्ञहरूले भनेका छन्त्यो, सम्भवतः हानिकारक विश्वास हो, जसले केही घातक सङ्क्रमण गराउन सक्छन्।

बरु उनीहरू भन्छन्, मानिसहरू सफा देखिए पनि किटाणुहरू फैलाउने विशेष ठाउँहरू यथासमयमा सफा गर्नेमा केन्द्रित हुनुपर्छ।

स्वास्थ्यका लागि ध्यान दिनुपर्ने आठ विषय

खानाको तयारी र खाना व्यवस्थापन

हातले खाना खानु

शौचालय प्रयोगपछि

जब मानिसहरू खोकिरहेका, हाछ्युँ गरिरहेका र सिँगान फालिरहेका हुन्छन्

घरका फोहोर लुगा र ओढ्ने ओच्छ्याउने लुगाको सरसफाइ र व्यवस्थापन

घरपालुवा जनावरको रेखदेख

घरको फोहोर व्यवस्थापन

सङ्क्रमित परिवारका सदस्यको देखभाल

शौचालय प्रयोग गरिसकेपछि, खोकेपछि, हाछ्युँ गरेपछि, अनि बिरामी मानिसको सेवा गरेपछि हात धुनु अति आवश्यक रहेको रिपोर्टमा लेखिएको छ।

भान्छाको भुइँ र मासु काटिसकेपछि काट्न प्रयोग गरिएको सतह अर्थात् (चपिङ बोर्ड) सफा गर्नु अति आवश्यक छ। त्यसैगरी स्यान्डविच र खाजा बनाउनु अघि चपिङ बोर्ड सफा गर्नुपर्छ।

र फोहोर सफा गरिसकेपछि भाँडा माझ्ने वस्तु र ब्रसहरू सफा गर्नुपर्छ।

भुइँ र फर्निचर फोहोर देखिन सक्छन् तर तिनमा रहेका सूक्ष्म जीवाणुले स्वास्थ्य खतरामा भने पार्दैनन्।

सरसफाइले ब्याक्टेरिया कसरी हटाउँछन्?

भुइँ, भाँडाहरू तातो र साबुनपानीले धुँदा ब्याक्टेरियाहरू पखालिएर ढलमा पुग्छन्।

द फूड स्ट्यान्डर्ड एजेन्सीका अनुसार ब्याक्टेरिया मार्न भने ७० डीग्री सेल्सियस भन्दा माथिको तातो पानी चाहिन्छ।

कस्ता उत्पादन प्रयोग गर्ने?

धेरैजसो तीन प्रकारका वस्तु छन् र तिनले फरक फरक काम गर्छन्।

साबुनजन्य वस्तु (डिटर्जेन्ट)–  भुइँ सफा गर्छन् र चिल्लो फाल्छन् तर तिनले ब्याक्टेरिया मार्दैनन्।

किटाणुनाशक (डिसइन्फेक्ट्यान्ट्स)– यिनले ब्याक्टेलिया मार्छन् तर चिल्लो सतह र देखिने फोहोरमा त्यति प्रभावकारी हुँदैनन्।

स्यानिटाइजर्स– सफाइ र जीवाणु मार्न प्रयोग गर्न सकिन्छ। शुरुमा कुनै फोहोर खाद्यान्न या चिल्लो फाल्न स्यानिटाइजर प्रयोग गर्ने र त्यसपछि सफा सतहमा किटाणु मार्न प्रयोग गर्ने

विज्ञहरू भन्छन्, ‘त्यसमा लेखिएका निर्देशनहरू पढ्नु महत्त्वपूर्ण छ।’

खानेकुरा तयारी गरेपछि भुइँलाई कपडाले भन्दा कागजको रुमालले पुछ्नु राम्रो हुन्छ। यसले भान्छा सफा गर्ने कपडा प्रदूषित हुनबाट बच्छ।

बिबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा