Health TV Online
Health TV Online

यी समस्याका घरेलु उपचार

यी समस्याका घरेलु उपचार

रुघाखोकीमा

असुरोको पात वा फूलको रस पानीमा उमालेर १० देखि १५ मिलि पिउँदा आराम हुन्छ। यसको ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी बिसेक हुन्छ।

झाडापखालामा

बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग तीन देखि छ ग्राम, रस १०–२० मिलि खानाले दिसाका साथमा रगतआउने, रगतमासी एवं अर्शमा समेत फाइदा पुग्छ। साधारण झाडापखलामा जिराको धूलो ३ ग्राम खाँदा पनि आराम मिल्छ।

वाकवाकी एवं बान्तामा

वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेलको धुलो १–३ ग्राम प्रयोग गर्दा आराम मिल्छ। साथसाथै अदुवाको रस वा सुकेको अदुवाको धुलो प्रयोग गर्न सकिन्छ।

पेट दुखेमा

ज्वानोको धुलो तीन देखि पाँच ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेयपदार्थमा राखेर प्रयोग गर्दा आराम मिल्छ।

अजीर्ण र ग्यास हटाउन टिमुरको धुलो एक देखि दुई ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अररुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर खान दिँदा फाइदा हुन्छ ।

ग्याष्ट्रिकमा

अमला मेथी, कुरिलो जराको धुलो, जेठि मधुको यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा तीन ग्रामसम्म साँझ बिहान प्रयोग गर्दा उपयोगी हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला