सिस्नोमा पाइन्छन् यस्ता औषधीय गुण

सिस्नो, अत्यन्तै हेलाँ गरिएको वनस्पति हो । । सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने सोचिन्छ। अति नै अभाव भएकाहरूले खाने खान्गीको रूपमा यसको परिचय छ। तर सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छ।
यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नो धनीहरूको मेनुमा पनि पर्न थालेको छ। पाँचतारे होटलसम्म यसका परिकार बन्ने गर्छन्।
सामान्यतया सिस्तोलाई पखालेर उम्लेको पानीमा राखेर पकाउने चलन छ। जसले गर्दा यसमा भएको रौ जस्तो झुस जान्छ । यसमा नुन, खुर्सानी र मकैको च्याख्ला राखेर पकाइन्छ। अहिले सुपर मार्केटमा समेत सिस्नोको पाउडर पाइन्छ। यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ।
विदेशतिर बटरमा प्याज, लसुन, गाँजर, फुराएर ‘भेज स्टक’ र आलु राखेर सिस्नु पकाइन्छ। नुन मरिच र क्रीम हालेर सुपको रूपमा प्रयोग गर्ने चलन छ। सिस्नुको चिया पनि निकै स्वास्थ्यबर्द्धक मानिन्छ। यसलाई ग्रीन टीकै तरिकाले बनाइन्छ र सेवन गरिन्छ।
औषधीय गुण
सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक मानिन्छ।
सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ।
सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ।
यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ।
प्रोस्टेड ग्ल्ण्याड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले फाइदा पुग्छ।
सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्छ।
शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि ले फाइदा पुर्याउँछ।
शरीर दुख्ने समस्यामा पनि सिस्नो सेवनले फाइदा पुर्याउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति