Health TV Online
Health TV Online

यसरी गर्नुहोस् गर्मीमा छालाको हेरचाह

यसरी गर्नुहोस् गर्मीमा छालाको हेरचाह

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम हो। योवेला सूर्यको ताप चर्को हुने, वातावरणमा सुक्ष्म जीवाणु समेत यही मौसममा बढी सक्रिय हुन्छन्।

विशेषगरी गर्मी मौसममा सूर्यको ताप तथा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउँछ। पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ। जसका कारण घमौरा आउने, फंगल इन्फेक्सन हुने, दाद वा दुबी आउने, छाला बाक्लो हुने र चिलाउने लगायत रोग लाग्छन्।

शरीरमा सिधै सूर्यको प्रकाश परेमा पनि छाला उमेरभन्दा पहिल्यै चाउरी पर्छ। शरीर स्वस्थ भए मात्र छाला पनि स्वस्थ हुने भएकाले यो मौसममा नियमिति व्यायाम र स्वस्थ भोजन गर्नुपर्छ।

छालामा घाउ भइहालेमा चिकित्सकको सुझावमा मात्र औषधि प्रयोग गर्न सकिन्छ। प्राकृतिक र कृत्रिम दुई विधि अपनाएर छालाको हेरचाह गर्न सकिन्छ।

यसरी गर्नुहोस् छालाको हेरचाह

बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने

कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने,

आफ्नो छालाअनुसार सनब्लक क्रिम मात्र प्रयोग गर्ने,

सकेसम्म छहारीमा बस्ने र, भित्रै काम गर्ने,

अनावश्यक रूपमा बाहिर घाममा ननिक्लिने,

सन्तुलित भोजन गर्ने,

नियमित व्यायाम गर्ने, र

प्रशस्त पानी पिउने।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला