आँप खाँदै हुनुहुन्छ, ध्यान दिनुस् यी कुरा

मौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक नै मानिन्छ। बजारमा आँप आउन थालिसकेको छ। आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व जस्तै भिटामिन ए, बिटामिन बी पनि पाइन्छ।
शरीर अनुकुल हुनेगरी ठिक्क मात्रामा खाइयो भने जुनसुकै खानेकुराले फाइदा गर्छ। विचार नपुर्याइ खाँदा आँपले पनि हानि गर्न सक्छ।
पकाउन प्रयोग भएको विषादीको असर
हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौँ। तर, आँप पकाउनका लागि त्यसमा क्याल्सियम कार्बाइड मिलाइन्छ। यो केमिकलले स्वास्थ्यमा गम्भीर असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ।
सफाइमा ध्यान
आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ। त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ। यदि त्यसलाई पखालिएन भने गला वा ओठमा समस्या आउन सक्छ। आँपले एलर्जी पनि आउन सक्छ।
पाचन पक्रियामा असर
कुनै पनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ। पचाउन गाह्रो हुन्छ। ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ। पेट खराब हुन्छ। आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ।
तौल बढ्न सक्छ
एक मध्यम आकारको आँपमा १३५ क्यालोरी पाइन्छ। यसले तौल बढाउन योगदान दिन्छ। यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ। सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने समस्या आउँदैन।
सुगर लेभल बढ्छ
आँपमा चिनीको मात्रा धेरै हुन्छ। जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत: बढ्न पुग्छ। मधुमेहको समस्या भएकालाई यसको बढी असर पर्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति