नाकबाट किन आउँछ रगत? समाधानको उपाय

धेरै गर्मी भएमा वा थोरै ठेस पुग्दा वा अरु कारणले पनि नाकबाट रगत बग्छ। यसरी बग्ने रगत आफैँ ठिक पनि हुनसक्छ। अर्थात् रगत बग्न रोकिन्छ। लगातार नाकबाट रगत बगिरह्यो भने त्यसको उपचार खोज्नुपर्छ।
१० मिनेट भित्रमा रगत रोकिएमा चिकित्सकका पनि जानु पर्दैन। नाकबाट रगत बगेको २० मिनेटसम्म पनि रगत बग्न कम नभएमा, टाउकाको चोटपछि नाकबाट रगत बगेमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ।
नाक फुट्ने वा नाकबाट रगत बग्नुको कारण
सामान्यता, नाकमा कैयौँ प्रकारका ससाना रगत बग्ने नसा हुन्छ। यस्ता नसा संवेदनशील हुनुका साथै पातलो झिल्लीले ढाकिएको हुन्छ। सनाना घाउ वा चोटले पनि यस्ता झिल्ली फाटेर रगत बग्न सक्छ। त्यसबाहेक, यी समस्या भएमा पनि नाकबाट रगत बग्छ।
कसरी रोक्ने?
नाकबाट रगत बगेमा पहिले एउटा सुरक्षित ठाँउमा बस्नुपर्छ। अब विस्तारै औँलाको सहायताले करिब १० मिनेटका लागि नाकको नरम भागलाई थिच्नुपर्छ।
रगत रोकिएको छ कि छैन भनेर जान्नकै लागि कम्तीमा १० मिनेट प्रतिक्षा गर्नुपर्छ। नाकमा बरफ लगाएर वा नाकलाई चिसो बनाएर पनि रगतलाई बग्नबाट रोक्न सकिन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति