कब्जियत छ? हटाउन अपनाउनुस् यी उपाय

६ वटा सुक्खा जामुनलाई पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र मजाले पिस्नुस्। त्यसपछि त्यसमा मह र जीराको मिलाउनुस्। यसरी तयार भएको जुस पिउँदा कब्जियत हटाउन सहयोग गर्छ।
दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी वीरेनुन लिनुस्। नासपातीका सानासाना टुक्रा पार्नुस् र पिस्नुस्। पिसेपछि एउटा गिलासमा रस निकाल्नुस्। त्यसपछि गिलासमा कागतीको रस र वीरेनुन हाल्नुस्। यो जुसले पनि कब्जियतमा फाइदा गर्छ।
एउटा स्याउ, आधी चम्चा सूपको धुलो, आधी कप पानी लिनुस्। सबभन्दा पहिला स्याउ काटेरपिस्नुस्। त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सुपको धुलो हाल्नुस् र राम्ररी घोल्नुस्। यो जुसले पनि कब्जियत भएकालाई राम्रो परिणाम दिन्छ
आधा कागती, एक कप तातोपानी, एक चम्चा मह, आधी चम्चा जीराको धुलो तयार पार्नुस्। एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धुलो हालेर मज्जाले घोल्नुस्। यो जुसले पनि कब्जियत भगाइदिन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति