झिंगाले ल्याउँछ अनगिन्ती रोग, यसरी जोगिनुस्

जाडोको तुलनामा गर्मीयाममा झिंगाको संख्यामा वृद्धि हुन्छ। घर वरपरको वातावरण फोहोर छ भने त त्य झनै झिंगा बढ्छन्। झिंगाले विभिन्न रोगका कीटाणु सार्छ, जसले मानव स्वास्थ्यमा हानि पुर्याउँछ।
भाइरललगायत विभिन्न किसिमका ज्वरो, हेपाटाइटिस ‘ए’, झाडापखाला र पेटका रोगका कीटाणु झिंगाकै कारण सर्छ। यिनीहरूले खुट्टामा बोकेर ल्याउने ब्याक्टेरियाका कारण मानिसको स्वास्थ्यमा असर पर्छ।
झिंगाले फोहरबाट हाम्रो खानेकुरामा ब्याक्टेरिया ल्याउँछ । ती ब्याक्टेरिया शरीरमा प्रवेश गर्छन् । खानामा एकपटक मात्र झिंगा बसे पनि धेरै कीटाणु छाडेर जान सक्छ। कतिपय ब्याक्टेरिया झिंगाले बान्ता गरेर हाम्रो खानामा फाल्छ।
जति फोहोर भयो, त्यति धेरै झिंगा फैलिने खतरा हुन्छ । त्यसैले घर तथा वरपरको वातावरण सफा राख्नुपर्छ । फोहोर पानी जम्मा हुने खाल्डा भए पुरिदिने वा तिनलाई सधैँ सफा राख्नुपर्छ । भान्साबाट निस्कने फोहोरको सही व्यवस्थापन गर्नुपर्छ। गाईबस्तु राख्ने ठाँउ सकेसम्म घरबाट टाढा बनाउनु पर्छ।
दिउँसो झिंगा बढी सक्रिय हुने र एकै ठाउँमा बस्ने भएकाले यही वेला औषधि प्रयोग गर्न सकिन्छ। तर, यसबाट मानिसलाई पर्ने असरमा भने ध्यान दिनुपर्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति