माेटाउन चाहनुहुन्छ? खानुहाेस् यी खानेकुरा

कतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ–
गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएकाे छ।
प्रोटिनयुक्त पदार्थ
माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ।
मौसमी फलफूल
मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको रस पिउनु अझै उपयोगी हुन्छ।
क्यालोरीयुक्त खाना
बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्छ। साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ। अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ।
केरा
केरा ऊर्जा दिने फल हो। यसमा पाइने पौष्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ। यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ।
काजु\बदाम
काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ। काजुमा शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्छ। तर यसलाई मात्रा मिलाएर नियमित खानुपर्छ ।
एजेन्सी
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति