चुरोट छाड्न सकिरहनुभएकाे छैन? अपनाउनुस् यी चार उपाय

धूमपान अर्थात् चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हो भन्ने प्रायः सबैलाई थाहा छ। तर पनि मानिस किन यसलाई छोड्न सक्दैनन्? कतिले चाहेर पनि यो अम्मल छाड्न सकेका हुँदैनन्। चुरोट सजिलैसँग छाड्ने चार उपाय बताइएको छ–
पहिलो उपाय– दैनिक बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर पिउने। दोस्रो उपाय– जब चुरोटको तलतल लाग्छ, आफैँले आफैलाई सम्झाउने, ‘मैले जुनसुकै हालतमा चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।
तेस्रो उपाय– चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईँलाई जबजब चुरोट पिउन मन लाग्छ, आरामसँग बस्नुहाेस् र लामो सास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईँको ध्यान अन्यत्रै मोडिन्छ।
चौथौ उपाय– अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र आफ्नै साथमा राख्नुहोस् । जब चुरोटको सम्झना हुन्छ बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति