गर्मीमा यसरी गर्नुस् आँखाको हेरचाह

बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ।
संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्न यस्ता उपाय अपनाउनुपर्छ
आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिस्यु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ।
गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने आँखामा जथाभावी औषधि नराख्ने।
आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने।
कचेरा आएमा आँखालाई हातले नछुने, आँखालाई छोइहालेमा साबुनपानीले हात धुने।
आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने, आफूखुशी औषधि प्रयोग नगर्ने।
आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्नेआँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने।
आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा