ग्यास्ट्रिक छ? खानपानबाटै ठीक हुन्छ

झट्ट सुन्दा सामान्य लाग्छ, ग्याष्ट्रिक। तर पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पारिरहेकाे हुन्छ। समयमा नै यसबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन पीडा बन्छ। ग्याष्ट्रिक आफैँ रोग हो। यसले अरु जटिल राेग निम्त्याउँछ।
के हो ग्याष्ट्रिक?
ग्याष्ट्रिकको अर्थ पेटको भित्री भाग सुन्निनु हो। ग्यासट्राइटिस भएमा फुलेको, पेटमा हावा भरिएको अनुभव हुने, राम्रासँग खाना नपच्ने, लामो समय खाना नखाँदा पेट पोल्ने, खान मन नलाग्ने र ढ्याउ आइरहनेलगायत समस्या हुन्छ।
यसले पाचन प्रकियामा पनि बाधा उत्पन्न गर्छ, जसले गर्दा शरिरमा रगत, क्याल्सियम कमी हुनेदेखि विस्तारै अल्सर र क्यान्सरसम्म समस्या निम्त्याउँछ। त्यसैले ग्यासट्राइटिसको समयमै उपचार गर्न जरुरी हुन्छ। खानाबाटै पनि यसलाई निको पार्न सकिन्छ।
कस्ता खानेकुार खाने?
एन्टिअक्सिडेन्टयुक्त खानेकुरा
एन्टिअक्सिडेन्टयुक्त खानेकुराले सुन्निएको पेटेको पेटको भित्री तहलाई कम गर्छ। भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकल एन्टिअक्सिडेन्टयुक्त खाना हुन्। ताजा फलफूलहरु, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोभी, कालो चामललगायतका खाद्यपदार्थमा एन्टिअक्सिडेन्ट मात्रा अत्यधिक हुन्छ।
प्रोबायोटिकयुक्त खाना
ग्यास्ट्राइटिसको मख्य कारणमध्येको एक हो हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरिया। प्रोबायोटिकयुक्त खानाले त्यस्ता ब्याक्टेरिया नष्ट गर्छ। दही, मोही, प्रोबायोटिक सप्लिमेन्ट आदि खानेकुरामा प्रोबायोटिकको मात्रा अत्यधिक हुन्छ।
फाइबर
फाइबरयुक्त खानाले पाचन पक्रियासम्बन्धी समस्या पनि निराकरण गर्ने विभिन्न अध्ययनले देखाएका छन्। यस्ता खाना खाँदा अल्सरको सम्भावना ६० प्रतिशतले कमी हुन्छ। बदाम, आँटा, ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाइएको गेडागुडी, टुसा उमारिएको गेडागुडी, फलफूल र सागसब्जीलगायतका खानेकुरामा फाइबरको मात्रा बढी हुन्छ।
स्वस्थकर प्रोटिन
प्रटिनयुक्त खानाको प्रयोगले मात्र ग्यासट्राइटिसको समस्या समाधान हुँदैन। हर्मोन र एन्टिबायोटिक बढी प्रयोग गरिएको मासुबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिँदैन। घाँस खुवाइएको पशु, खुला पालिएका कुखुराको मासु, गेडागुडी, स्पाइरुलिना आदिबाट स्वस्थकर प्रोटिन प्राप्त हुन्छ।
स्वस्थकर फ्याट
बढी तताइएको तेलयुक्त खानेकुराहरू जस्तो की ससेज, आलु, चिप्स, समोसा, र मासुमा पाइने बाेसोलाई अस्वस्थकर फ्याटको रूपमा लिइन्छ।
यस्ता प्रकारका फ्याटलाई सकेसम्म टाढा राख्नुपर्छ। त्यसको सट्टामा उमेगा ३ फ्याटी एसिडको प्रयोग गर्न सकिन्छ। दिनहुँ यसकोसेवनले ग्यास्ट्राइटिसको असर विस्तारै कम हुन्छ। माछाको तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदिबाट उमेगा ३ प्राप्त गर्न सकिन्छ।
लसुन
लसुनलाई काँचै पनि सेवन गर्न सकिन्छ। यसमा प्राकृतिक एन्टिबायोटिक, एन्टीइन्फ्लामेटरीलगायतका तत्त्व हुन्छन्, जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा महत्वपूर्ण भूमिका खेल्छ। ग्यास्ट्राइटिसले पेटमा पार्ने असरलाई समेत लसुनले राहत दिन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति