हरियो खुर्सानी खाँदा हुने फाइदा

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ। प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ।
खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्याउँछ। खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ।
हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेसनलाई कम गर्छ। यसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ।
प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्त्व अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु(याउने गर्छ । हरियो खुर्सानी खाँदा यसले रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ।
हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स र भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ।
आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम हुन्छ । यसका साथै प्रोटेस्टको समस्यासमेत कम गर्छ।
हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण हुन्छ। यसले विभिन्न रोगको संक्रमणबाट बचाउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति