Health TV Online

बर्डफ्लुबाट जोगिन अपनाउनुस् यी उपाय

बर्डफ्लुबाट जोगिन अपनाउनुस् यी उपाय

नियमित रूपमा साबुनपानीले राम्रोसँग हात धुने।

व्यक्तिगत सरसफाइमा ध्यान दिने।

आफ्नो वरिपरिको वातावरण सफा राख्ने।

बिरामी तथा मरेका कुखुरा तथा चराचुरुंगीबाट टाढा रहने।

प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू देखिए वा आफूलाई बिसञ्चो महसुस भएमा छिटो उपचारका लागि

नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।

बच्चाहरूलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने।

कुखुराको काँचो मासु काट्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी चलाउनु हुँदेन। कम्तीमा पनि हातमा

पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यो रोगको जोखिम कम हुन्छ। यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुनपानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार र अचानो राम्रोसँग सफा गरी निर्मलीकरण वा निःसंक्रमण गर्नु पनि यो रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो।

कुखुराको मासु कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्ररी पकाएर खाने, यसो गर्दा भाइरस मर्छ।
जंगली तथा घरपालुवा पन्छी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।

इन्फ्लुयन्जाको शंका लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र चिकित्सकको सल्लाहअनुसार गर्ने उनीहरूको सल्लाहविना औषधि सेवन नगर्ने।

मृत पन्छी र तिनीहरूको सुलीबाट टाढा रहने र सुरक्षित रूपमा गाड्ने प्रबन्ध मिलाउने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेषित

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर