भिटामिन डीकाे कमीले लाग्न सक्छन् यस्ता राेग, राेकथामकाे प्रभावकारी माध्यम : सूर्यकाे किरण

भिटामिन डी मानव शरीरका लागि अत्यावश्यक तत्त्व हो। यो तत्त्व विशेषगरी सूर्यको प्रकाशबाट पाइन्छ, जुन हाम्रो शरीरको ग्रहण गर्छ। यति सहज रूपमा पाइने तत्त्व लिन बेवास्ता गरिने कारण हामी समस्यामा परिरहेका हुन्छौँ।
विशेषगरी महिलाहरू छाला कालो हुने वा डढ्ने भन्दै महिलाहरु घाममा बस्दैनन्। कतिपय घाममा बस्न अल्छी गर्छन्। फलस्वरूप धेरै यसको शिकार भएकाे पाइन्छ।
आजभोलि करिब ९० प्रतिशत मानिसलाई भिटामिन डीको समस्या छ अझ विशेषगरी इनडोर (भित्र) बसेर काम गर्नेहरूलाई त यसको अत्यधिक समस्या छ।
भिटामिन डी कमी हुँदा यस्ता समस्या आउन सक्छन्–
हड्डीको दुखाइ (बोन पेन)
मांशपेशीमा समस्या (मसल विकनेस)
मुटुको समस्या (कार्डियो भास्कुलर डिजिज)
क्यान्सर
यसबाहेक शरीरमा भिटामिन डी कमी हुँदा मष्तिस्ककाे समस्या, डिप्रेसन, स्किजोफ्रेनिया (बिर्सने रोग), ह्विजिङ (छातीको समस्या) दम, रक्त सञ्चारप्रणालीमा समस्या, हाइ ब्लडप्रेसर, पित्तथैलीमा समस्या, टाइप वान् डाइबेटिज, रिकेट्स अस्टेपोरोसिस, टीबी र कजेजोसम्बन्धी रोग लाग्न सक्छ। यस्ता खतरनाक रोगबाट बच्न थोरै मात्र सजग भए मात्रै पुग्छ। यी समस्याबाट बच्न शरीरले सूर्यको किरण लिनुपर्छ।
घामबाहेक कतिपय खानाबाट समेत हामीले भिटामिन डी प्राप्त गर्न सकिन्छ। दूध, माछाका परिकार, फिस आयल, डल्ले च्याउ, अण्डाको पहेँलो भाग, सुन्तला, चिज, तोफु, सोया मिल्क, सोयाबिन, बोक्राउली, पालुंगाेकाे साग, किबी, बदाम (आलमण्ड) मा पनि भिटामिन डी पाइन्छ।
यस्ता पदार्थ दैनिक खानामा समावेश गरेर पनि शरीरमा भिटामिन डी आपूर्ति गर्न सकिन्छ तर याद राखौँ सूर्यको प्रकाश जति सहज हुन्छ अरू पदार्थ त्यति सहज र सरल नहुन सक्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति